Odapalika - The Fourth Estate - चौथो अंग
दलित उत्थान कार्यक्रमका लागि परेन प्रस्ताव, मनाङ ङिस्याङले जारी गर्‍यो दाेस्राे सूचना

काठमाडौँ । मनाङ ङिस्यान गाउँपालिकाले दलित उत्पादन कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्न दाेस्रो पटक सूचना आह्वान गरेको छ । यसअघि प्रस्ताव आह्वान गर्दा कुनै पनि आवेदन नपरेपछि पालिकाले आइतबार पुनः दाेस्रो सूचना जारी गरेको हो । 

सूचना अनुसार पालिकाले चालू आर्थिक वर्षका लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार दलित उत्थान कार्यक्रमका लागि अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको भन्दै ३ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरिएको छ । 

३ लाख रुपैयाँ बराबरको उक्त कार्यक्रमका लागि निवेदन, सम्बन्धित वडाको सिफारिस, प्यानमा दर्ता प्रमाणपत्र, फर्म नवीकरण गरेको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र समुहको बैठकको निर्णयको प्रतिलिपि पेश गर्नुपर्नेछ । 

448321549_1453766002166636_2740253552433724605_n-1718518550.jpg

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update