Odapalika - The Fourth Estate - चौथो अंग
कार्यपालिका सदस्यले बैठक बहिष्कार गरेपछि काठमाडौँ महानगरको सभा स्थगित 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरसभा बैठक बहिष्कार गरेका छन् । आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक आगामी असार १० गतेसम्मलाई स्थगित भएको छ । 

मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् । 

बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको सयम दिएका थिए । लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका हुन् ।

बैठक स्थगित भएसँगै सामाजिक सञ्जालबाट मेयर बालेनले आक्रोशित हुँदै कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनीसमेत दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update