Odapalika - The Fourth Estate - चौथो अंग
कृषि विकासका लागि संघीय सरकारले दियो स्थानीय तहलाई २९ अफर, यस्ता अनुदानका कार्यक्रम 

काठमाडौँ । संघीय सरकारले देशभरका स्थानीय तहहरुलाई कृषि, पशुपन्छी र मत्स्य विकासका लागि २९ वटा कार्यक्रम तय गर्न परिपत्र गरेको छ । 

संघीय सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत स्थानीय तहको माग र आवश्यकताका आधारमा कृषि विकासका लागि सशर्त अनुदान दिदै आएको छ । 

मनत्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै आर्थिक वर्ष २०८१÷०८२  का लागि कृषिका लागि २९ वटा क्षेत्र निर्धारण गरी सोअनुसार बजेट माग गर्न र कार्यक्रम तय गर्न अनुरोध गरेको हो । 

सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि दशक घोषणा गरी कृषिका विभिन्न कार्यक्रम संचालन गर्ने घोषणा गरिसकेको छ । सो अनुसार कृषिमा लगानी दशकका कार्यक्रम कार्यान्वयनको कार्यक्रम तय गर्न भनेको हो । 

मन्त्रालयले बाली विशेषका उत्पादनका क्षेत्र घोषणा गर्ने, कृषक समूह तथा सहकारी परिचालनका कार्यक्रम, राष्ट्रिय फल सुन्तला प्रवद्र्धन कार्यक्रम, साना कृषि उपज प्रशोधन उद्योगहरुको स्थापना र संचालन लगायतका कार्यक्रम प्राथमिकतामा राख्न भनेको हो । 

यस्ता छन् मन्त्रायका २९ अफर 

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update