Odapalika - The Fourth Estate - चौथो अंग
कृषि प्राविधिकको मासिक तलव १३ हजार २३० ! संघीय सरकारले भन्योः नपुगे पालिकाले थपेर दिनू 

काठमाडौँ । संघीय सरकारले स्थानीय तहमा कार्यरत पशुसेवा प्राविधिकको मासिक तलव १३ हजार २३० रुपैयाँ तय गरिदिएको छ । 

देशभरका ६१४ स्थानीय तहमा १ हजार ८६२ जना पशुसेवा प्राविधिकहरु कार्यरत छन् । संघीय सरकार अन्तरगतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रति प्राविधिकका लागि पारिश्रमिक वापत १ लाख ७२ हजार रुपैयाँ बजेट छुट्याएको छ । प्राविधिकले १२ महिनाको तलव र १ महिनाको चाडपर्व खर्च पाउँछन् । 

मन्त्रालयले आर्थिक वर्ष २०७२/२०७३ देखि साविकको एक गाविस एक कृषि पशु सेवा प्राविधिक कार्यक्रम संचालन गर्दै आएको छ । मन्त्रालयले यसवर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै मन्त्रालयको बजेट सिलिङ कम भएका कारण तलब बृद्धि गर्न नसकेको भन्दै यो सिलिङ भन्दा वढी तलब दिन मन लागे सम्वन्धित स्थानीय तहबाटै उपलव्ध गराउन देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ । 

रा.प. अनंकित द्धितीय श्रेणीका यी कर्मचारीहरु साविकको जिल्ला कृषि विकाश कार्यालय र जिल्ला पशु पशु सेवा कार्यालयमार्फत स्थानीय तहहरुमा परिचालित हुँदै आएका थिए । यी कार्यालय खारेज भएपछि हाल प्राविधिकहरु स्थानीय तहबाटै परिचालित छन् भने संघीय सरकारले सशर्त अनुदानको रकमबाट तलव निकासा गर्दै आएको छ । उनीहरु २०७२ सालदेखि हालसम्म पनि करारमै कार्यरत छन् । 

मन्त्रालयले पशु सेवा प्राविधिकलाई निरन्तरता दिन सहमति दिएपनि मन्त्रालयले दिएको भन्दा थप तलव भने कार्यसम्पादन मूल्यांकनका आधारमा सम्वन्धित स्थानीय तहबाटै व्यवस्थापन गर्न परिपत्र गरेको मन्त्रालयका माटो विज्ञ रजनिश मिश्रले बताए । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update