Odapalika - The Fourth Estate - चौथो अंग
लालिगुराँस नगरपालिकामा चाउचाउदेखि कोकसम्म बेच्न नपाइने 

संखुवासभा । स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै लालिगुँरास नगरपालिकाले नगरपालिकाभित्र चाउचाउलगायतका जंक फुडदेखि चिसो पेय पदार्थ विक्री वितरण निधेष गरेको छ । 

नगरसभा बैठकको निर्णयअनुसार अब पालिकाभर चाउचाउ, कुरकुरे, चिप्सजस्ता जंक फुड तथा डिउ, कोक, फेन्टा, स्प्राइटजस्ता पेय पदार्थ उपभोग र बिक्री वितरणमा रोक लगाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठले बताइन् । 

नगरपालिकाले सूचना नै जारी गरेर विवाह, पार्टीलगायतका सामाजिक कार्यक्रमहरुमा समेत यस्ता पदार्थको उपभोग नगर्न स्थानीयवासीलाई सचेत गराएको छ । 

पालिकाभित्रकाका पसलहरुमा समेत यस्ता पदार्थ बिक्री वितरणमा कडाइ गरिदै लगिएको उनको भनाइ छ । 

365442856_658791909631565_6754432303654968673_n1692183118.jpg

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update