Odapalika - The Fourth Estate - चौथो अंग
जंगली च्याउ खाएका आँबुखैरेनी गाउँपालिकाका ५ जना सिकिस्त

तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन् । उनीहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिए ।


 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update