Odapalika - The Fourth Estate - चौथो अंग
गर्मी बढेपछि तुलसीपुरका विद्यालय बिहान सञ्चालन

काठमाडौँ । अत्यधिक गर्मी बढेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बिहानन सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्म कक्षा सञ्चालनका लागि निर्देशन दिएको हो । 

यसअघि पालिकाले वार्षिक विदाबाट कट्टी हुनेगरी जेठ ३० गतेदेखि असार २ गतेसम्म विद्यालय बन्द गरेको थियो । अभिभावकको माग बमोजिम विद्यालय बन्द गर्दा समेत गर्मी कम नभएपछि बिहान सञ्चालनका लागि परिपत्र गरिएको शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले बताए । 

उनका अनुसार मौसममा सुधार भएमा नियमित रुपमा विद्यालय सञ्चालन हुनेछ । 

notice-1718608434.jpg
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update