Odapalika - The Fourth Estate - चौथो अंग
ट्यांकर चालक र सरकारबीच सहमति, साँझदेखि आपूर्ति सुचारु हुने

काठमाडौँ । आन्दोलनरत ट्याङ्कर चालक र सरकारबीच सहमति भएको छ । चालकहरूले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो । 

सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका प्रतिनिधिबीच भएको वार्तापछि सहमति जुटेको चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए । 

चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरू हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्याङ्कर चालक आन्दोलित भएका हुन । 

ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राखेका छन् । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update