Odapalika - The Fourth Estate - चौथो अंग
ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । ब्रेन ह्यामरेज भएर उपचाररत गच्छदारको सोमबार निधन भएको हो ।

२०८० को माघ १० गते ब्रेन ह्यामरेज भएदेखि उनि बिरामी थिए । नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै राखिएको बताए । उनका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । 

गच्छदार स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update