Odapalika - The Fourth Estate - चौथो अंग
अदालतले किन रोक्यो खाँडाचक्र नगरपालिकाको बजेट ? 

सुर्खेत । उच्च अदालत सुर्खेतले कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट तत्कालका लागि कार्यान्वयनमा नलैजान आदेश दिएको छ । 

मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले यसतो आदेश दिएको हो । 

न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०÷८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको हो । नगरप्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाहीविरुद्ध ११ साउनमा वडाध्यक्षहरुले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

बजेटमा वडाका कुनै योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, जनतामुखी नभई जनप्रतिनिधिमुखी बजेट बनाएकोलगायतका विषयमा नगरपालिकाका ११ वडाध्यक्षको समर्थनमा ९ जनाले रिट दर्ता गराएका थिए । 

यस्ताे छ अदालतले राेकेकाे बजेट 


 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update