Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले नै दिन थाले मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम 

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाले पालिकाभित्रका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिएको छ । 

सीप प्रदान गरेर गाउँमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले उनीरुलाई २० दिने तालिम दिएको उपप्रमुख ईश्वरी बस्नेतले जानकारी दिइन् । 

तालिमका क्रममा पञ्चेबाजामा प्रयोग हुने दमाहा, टेम्को र ढोलक, सनाइ, झ्याम्टालगायतका परम्परागत बाजा बनाउन सिकाइएको छ । यी सामान लाम्पातेको काठ, बाख्रा, गोरु, भैँसीलगायत जनावरको छालाबाट बनाउने गरिन्छन् । कच्चापदार्थको अभाव, छाला ढुवानीलगायत समस्याका कारण पछिल्लो समय यो पेसा संकटमा छ । 

तालिमका प्रशिक्षक जब्बरबहादुर वादीले कच्चापदार्थको अभाव र नयाँ पुस्ताको अरुचिका कारण पेसा संकटमा पर्न थालेको भदै चिन्ता व्यक्त गरे । यो पेसामा लाग्नेहरुलाई हेयको दृष्टिले हेर्ने परम्परागत सोचका कारण पनि युवा पुस्ताको आकर्षण घटेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update