Odapalika - The Fourth Estate - चौथो अंग
कोशी र बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रही आज कोशी गण्डकी र बागमतीसहित अन्यप्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकेखि सामान्य बदली रहेको जनाउँदै विभागले कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार कोशी  र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको समेत सम्भावना छ । 

राति  देशभर सामान्य बदली रहनेछ । कोशी  र गण्डकी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण विभागले गरेको छ । साथै मधेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्यप्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update