Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षामन्त्रीको सय दिने उपलव्धिः ८८५ शिक्षकले दल त्यागे, २० जनाले जागिर  

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफुले मन्त्रालय सम्हालेको १०० दिनमा गरेका कामहरुको फहरिस्त सार्वजनिक गरेकी छन् । 

१ सय दिनको महत्वपूर्ण उपलव्धिका रुपमा उनले राजनीतिक दलमा आवद्ध शिक्षकलाई दलीय सदस्यता त्याग्न गरिएको आह्वानलाई उल्लेख गरेकी छन् । 

यसका लागि स्थानीय तहदेखि निर्वाचन आयोगसम्ममा विवरण माग गरेर दलमा आवद्ध शिक्षाको तथ्यांक संकलनको काम भइरहेको उनको भनाइ छ । 

यो अवधिमा राजनीतिक दलको कार्यकारी पद र विभिन्न समिति तथा संगठनमा  आवद्ध ४५ जना शिक्षकविरुद्ध उजुरी परेको उनको भनाइ छ । जसमध्ये ४१ जनालाई स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उनले सार्वजनिक गरेको उपलव्धिमा उल्लेख छ । 

यो अवधिमा दलको सदस्यता त्याग गरेका शिक्षकको संख्या  ८२५ जना पुगेको, शिक्षण पेशाबाट राजिनामा गरेका शिक्षक को संख्या २० जना रहेको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

मन्त्री भएपछिको १ सय दिनमा शिक्षकको अन्तर जिलला सरुवा फुकुवा गरिएको, स्नातक तहका प्रश्न अंग्रेजी र नेपालीमा सोध्ने निर्णय भएको, स्नातक र स्नातकोत्तरको शैक्षिक क्यालेण्डर निर्माण अन्तिम चरणमा पुगेकोलगायतका विषयलाई उनले उपलव्धिका रुपमा समेटेकी छन् । 

यस्तो छ उनको १०० दिनको उपलव्धि 


 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update