Odapalika - The Fourth Estate - चौथो अंग
कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा, अन्यत्र यस्तो छ मौसम 

काठमाडौँ  । आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार राति कोशी, मधेश, बागमती र गण्डकीमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । 

कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update