Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशिफलः कसको मित्र मिलन ? कसको धन आगमन ?

आजको पञ्चाङ्ग 

तिथिः द्धादशी/त्रयोदशी  । नक्षत्रः विशाखा । करणः कौलब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३६ घडी । राहुकालः दिनको १२ देखि १ः३० सम्म ।

तपाईँको आज

मेष (चु चे चो ला लि लु ले लो अ )

परिवारसम्बन्धी विशेष छलफल हुनेछ । सहमतिले प्रायः कामहरु पनि पूरा हुनेछन् । यात्राको बलियो सम्भावना देखिन्छ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो )

आज तपाईँको स्वास्थले दुःख दिनेछ । सोचेभन्दा बढी धन खर्च हुनेछ । लिनेदिनेमा सतर्कता अपनाउनुहोला ।  मानसिक तनाव झेल्नुपर्नेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह )

भाग्यले हरेक कुरामा साथ दिनेछ । खुसीले आनन्दित बनाउने छ । धनप्राप्तिको योग रहेकोछ । आयआर्जन राम्रो छ । शारीरिक स्पूmर्ति बढ्नेछ ।  

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

तपाईँको आज कार्यालयको काममा समय जानेछ । बुबाको सल्लाह उपयोगी हुनेछ । मित्रसँगको भेटघाटले मनोरञ्जनका साथ दिन बित्नेछ । प्रशंसा पाइनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

तपाईँको रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । यात्राले दिन अविस्मरणीय हुनेछ । आफन्तको भेटघाटले मन प्रशन्न हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

शत्रुपक्षले काममा तनाव दिनेछन् । आज बढी नै खर्च हुनेछ । अचानक यात्रा गर्नु पर्नेछ । पराक्रम भने बढ्नेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आज शरीरमा स्पूmर्ति आउनेछ । सुखद् अनि परिवारिक यात्रा हुनेछ । कर्मयोगको समय रहेको छ । अरुको सहयोग गर्न पाइनेछ ।   

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको स्थायी धन जोड्ने मौका रहेको छ । शत्रुहरु परास्त हुनेछन् । सोचेभन्दा बढी लाभ हुने देखिन्छ । मन प्रफुल्ल रहनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आजको दिन तपाईँको पराक्रम बढ्नेछ । नउठेको रकम उठ्ने देखिन्छ । अरुलाइँ तर्कले परास्तगर्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आज कर्मक्षेत्र बलियो रहेको छ । आत्मविश्वासका साथ काम गरिनेछ । नयाँ जोश र जाँगर रहनेछ । सबैको साथ पाइनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज भाग्योदयको दिन रहनेछ । गरेको कामबाट सफलता पाइनेछ ।  पढाइतिर मन जानेछ । मान सम्मान पाइएला । सन्तान सुख रहेको छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

शारीरिक र मानसिक तनाव हुनेछ । चोटपटकको सम्भावना पनि देखिन्छ । आयभन्दा व्यय नै बढी रहेको छ । मनमा अनावश्यक कुराले डेरा जमाउनेछन् । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update