Odapalika - The Fourth Estate - चौथो अंग
पालुङटार नगरपालिकाको नीतिः बाँदरलाई जंगलमै रोक्ने, युवालाई गाउँमा 

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाले नगरलाइ प्लाष्टिकदेखि छुवाछुतसम्म मुक्त बनाउने नीति अघि सारेको छ । 

आथिृक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम नगरसभामा पेश गर्दै मेयर विवस चिन्तनले वातावरणीय जोखिम कम गर्न प्लाष्टिक र सामाजिक सदव र समानताका लागि छुवाछुत मुक्त बनाउनसम्मको नीति लिएको छ । 

नेपाल धेरे पहिला नै जातीय  छुवाछुत मुक्त देश घोषणा भइसके पनि पालिकाले भने अझैसम्म यो अभियान छाडेको छैन। 

नगरपालिकाले कृषकका फसलमा बाँदर आतंक रोक्न बाँदरलाई जंगलमै रोक्नेदेखि युवालाई पालिकाभित्रै रोक्नेसम्मका कार्यक्रम पनि अघि सारेको छ । 

नीति तथा कार्यक्रममा नगर क्षेत्र भित्रको सडकको लगत कट्टागरी सार्वजनिक बनाउन सुरुआत गर्ने, नगरपालिकाको रिंगरोड बसपार्क र पालुङटार रंगशालालाई पूर्ण दिने, ज्येष्ठ नागरिक विश्राम घर तथा हरेक वडाका बढी आवतजावात हुने स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने उल्लेख छ । 

‘वनको बाँदर वनैमा’ भन्ने नारा साथ बाँदर, दुम्सी, मृगलगायत वन्यजन्तुको प्रकोपबाट बालीनालीलाई संरक्षण गर्न जनावरको अधिकारलाई मध्यनजर गरी प्राकृतिक उपाय अवलम्बन गरिने नीतिमा उल्लेख छ । बाँदरले नष्ट नगर्ने किसिमका बाली खुर्सानी, अदुवा, बेसार, जौ, टिमुर, कटहर कागती खेतीका लागि प्रोत्साहन गर्ने नीति पालिकाले अघि सारेको छ । 

विद्यालय दिवा खाजा, सुत्केरी पोषण कार्यक्रमलाई स्थानीय रैथाने बालीसँग जोडेर बजारीकणको व्यवस्था गरिनेदेखि ३ वर्षभन्दा बढी बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने, नगरपालिकाको पर्यटकीय विकासका लागि नगर पर्यटन क्षेत्र विकास समितिलाई पूर्णता दिनेलगायतका नीति र कार्यक्रम अघि सारिएको छ । 

सामुदायिक विद्यालयमा आवश्यकताको आधारमा स्कुल बस संचालनको व्यवस्था मिलाउने, प्रत्येक विद्यालको खाली जमिनमा फूलबारी र बगैंचाको निर्माण गरी हराभरा बनाउने, दिवा खाजा कार्यक्रमका लागि एक विद्यालय एक उत्पादन क्लब गठन गर्ने नीति पनि नगरपालिकाले लिएको छ ।

पालुङटार नगरपालिकाभित्र मृत्यु भएका मृतकको शव व्यवस्थापनका लागि निःशुल्क शव वाहनको व्यवस्था गर्ने, छुवाछूत मुक्त नगरपालिका बनाउन विशेष योजना बनाउने, बालबालिकाको सुरक्षा योजना ‘बालबालिकाको जिम्मा अब पालिकाको’ भन्ने नीति पनि नगरपालिकाले लिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय संचालन गर्न चाहने युवा उद्यमी व्यवसायीलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने पालिकाको योजना छ । लगानीमैत्री पालुङटार सिर्जना गर्ने अवधारणा स्वरुप ‘इन्भेष्ट इन पालुङटार’ अभियान सञ्चालन गर्ने नीति पालिकाले लिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update