Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसदका ३ वटा समिति बैठक आज

काठमाडौ । प्रतिनिधिसभा र राष्ट्रिय सभा अन्र्तगतका विभिन्न ३ वटा समितिका बैठकहरू बोलाइएको छ । संघीय संसदको बैठक सुचारु हुन नसकेका बेला मिनी संसद मानिने समितिका बैठकहरू भने नियमित जस्तै बस्न थालेका हुन् । 

आज प्रतिनिधिसभा अन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । राष्ट्रिय सभा अन्र्तगत दिगो विकास तथा सुशासन समितिको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार संसद सचिवालय सिंहदबारमा बस्ने कृषि समितिको बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा कृषि तथा पशुपंछी विकास मन्त्री तथा मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यक्रम रहेको छ । बैठक बिहान ११ः३० बजेका लागि बोलाइएको छ । 

सार्वजनिक लेखा समितिको ८औँ बैठक पनि संसद सचिवालय सिंहदरबारमै बोलाइएको छ । बैठक १ बजेका लागि बोलाइएको छ ।

त्यस्तै, राष्ट्रियसभा अन्र्तगत दिगो विकास तथा सुशासन समितिको बैठक ११ बजेका लागि बोलाइएको छ । १६औँ योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यसहितका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update