Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिबास खानेपानीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी 

महोत्तरी । बर्दिबास खानेपानी साना शहरी तथा सरसफाई संस्थानामा किर्ते कागजात तयार गरेर लाखाँै रुपैयाँ अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । 

फर्जी साधारणसभाको  आडमा विधान संसोधन गरेर उपभोक्ताहरुको लाखौँ रुपैयाँ हिनामिना भएको भन्दै खानेपानी समितिकै पदाधिकारीले उजुरी दर्ता गराएका हुन् । 

बर्दिवास नगरपालिका वडा नं १, २, ३ र १४ का करिव ६ हजार उपभोक्ताहरुलाई भ्रममा पारेर अध्यक्ष लगायत नगरपालिकाको मिलोमतोमा दैनिक लाखौ रुपैया अपचलन भएको दावीसहित सचिव र कोषाध्यक्षले उजुरी दिएको बताएका छन् । 

१४ फागुन, २०७९ मा भएको भएको संस्थाको निर्वाचनमा सचिवमा उदय बहादुर भण्डारी र कोषाध्यक्षमा  भोज प्रसाद फुयाल निर्वाचित भएका थिए ।

कोषाध्यक्ष र सचिवले उपभोक्ताहरुको न्यायको लागि भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी  र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि नगर क्षेत्रमा अहिले चर्चाको बिषय बनेको छ ।

nibedan-1718875403.jpg
उपभोक्ताहरुको नाममा १५० जनाको हस्ताक्षर बटुलेर फर्जी बिशेष साधारणसभा भएको भन्दै उपभोक्ताहरुले समेत प्रश्न उठाएका छन् । निर्वाचित कोषाध्यक्ष र सचिवलाई  हटाएर आर्थिक कारोवार गर्दा कोषाध्यक्षको सट्टा भर्खरै भर्ना गरिएका कर्मचारीको हस्ताक्षर चलाइएको छ । 

अध्यक्ष भुलन सेनाको नाता पर्ने एक जना महिलालाई गुपचुप प्रक्रिया विना नै भर्ना गरेपछि सचिव र कोषाध्यक्षले विरोध गर्दै आएका थिए ।

निरन्तर बेथितिका बिषयमा प्रश्न उठाएपछि नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको नै योजनामा आफुहरुलाई हटाएको उनीहरुको ती पदाधिकारीको दाबी छ ।

कोषाध्यक्ष भोज प्रसाद फुयालले भने, ‘खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दिबास महोत्तरीको विधान २०६३ लाई संसोधन गरी फर्जी साधारण सभा हुादासमेत नगरपालिकाले मान्यता दिएर मिलेमतो गरेको छ,’ उनले वडापालिकासँग भने । 

संसोधित विधानको दफा १० (ङ) पछि उपदफा क थपगरी बैंक खातामा अध्यक्षको अनिवार्य, प्रवन्धक वा लेखा कर्मचारी र निर्वाचित प्रतिनिधि मध्ये एकजनाबाट बैक खाता संचालन गर्नेगरी निर्णय हुनुबाट नै आर्थिक अपचलनको नियत देखिएको उनीहरुको दाबी छ  । उनीहरुले  साधारणसभाबाट संशोधन भएको विधान अमान्य हुनुपर्ने माग राखेका छन् । खानेपानीको विवादलाइ लिएर स्थानीय राजनीति दलहरुले समेत ध्यानाकर्षण भएको जनाएका छन् । 

rajniti-dal-ko--1718875431.jpgयता खानेपानी संस्थाका अध्यक्ष भुलन सेनाले भने आरोपलाई अस्वीकार गरेका छन् । आरोप लगाएका बिषयहरु पुष्टि गरेर देखाउन उनले चुनौती दिए ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update