Odapalika - The Fourth Estate - चौथो अंग
बिहानै  राहुकाल, यस्तो छ दैनिक फल 

आजको पञ्चाङ्ग 

तिथिः चतुर्दशी । नक्षत्रः ज्येष्ठा । करणः भद्रा । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः ११ । सूर्यास्तः १९ः ०१ । दिनमानः ३४ः ३६ घडी । राहुकालः बिहान १०ः३० देखि १२ः०० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

तपाईँको आफन्तले आज साथ नदेलान् । अनावश्यक झञ्झटमा परिनेछ । मानसिक तथा शारीरिक रुपमा थकित भइनेछ । शत्रु पक्ष सलबलाउनेछन् । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईँको आज पारिवारिक मिलन हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । देखिएका समस्यामा सुधार आउनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

आज बन्धुवर्ग विरोधी बन्लान् । खुब सोचविचार गरेर काम गर्नुपर्नेछ । नयाँ काम गर्ने अवसर बिग्रनेछ । स्वास्थमा समस्या आउनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

अप्रत्यासित लाभ हुनेछ । तपाईँको बोली बिक्नेछ । धार्मिक यात्राको सम्भावना देखिन्छ । भाग्योदयको समय छ । 

सिंह ( मा मि मु मे मो टा टि टु टे )

कर्म क्षेत्रमा सफलता प्राप्त हुनेछ । कामको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न मित्रले साथ दिनेछन् । पिताको आशिर्वादले तपाईँको भाग्यको ढोका खुल्नेछ ।  

कन्या ( टो प पि पु ष ण ठ पे पो )

तपाईँको पराक्रमले काम बन्नेछ । आजको कामबाट लाभ हुने देखिन्छ । सबै क्षेत्रमा जस पाउने पाइनेछ । 

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आजको दिन यात्रामा बिताउनु हुनेछ । कार्यको सिद्धिप्रप्तिको योग छ । सोचेभन्दा बढी नै खर्च हुने देखिन्छ । तपाईँको धैर्यताको परीक्षा हुनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आज कार्यक्षेत्रमै ब्यस्त भइनेछ । निकै परिश्रम गर्नुपर्नेछ । अरुले कामको आलोचना भने गर्नेछन् । कसैको सहयोगमा जुट्नु पर्नेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

 खर्चभन्दा आम्दानी बढी हुनेछ । आत्मविश्वासका साथ गरेको काम सफल हुन्छ । अनावश्यक सोच मनबाट हट्नेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैछ । भाग्यले पनि साथ दिनेछ । दाजुभाइप्रति भने मन निराशा हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

खर्च प्रशस्तै होला । मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । नयाँ सामानको खरिद गरिनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

तपाईँको बौद्धिकताले शत्रुहरु परास्त हुनेछन् । शरीरमा पूmर्ति आउनेछ । सन्तानको प्रगति सुन्न पाइनेछ । कर्र्मतिर मन जानेछ । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update