Odapalika - The Fourth Estate - चौथो अंग
५ प्रदेशमा फैलियो मनसुन, कोशी र गण्डकीमा भारी वर्षा 

काठमाडौँ । देशभर मौसम फैलिएपछि आज बिहानैदेखि अधिकांश स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुन प्रणाली सक्रिय भएसँगै कतिपय सथनमा भारी वर्षा हुने देखिएकाले वाढी र पहिरोको जोखिमबाट सतर्क रहन समेत महाशाखाले भनेको छ । 

उसले गण्डकी प्रदेशको केही स्थानका साथै कोशी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने भनेको छ । आजपनि अन्य प्रदेशको तुलनामा कोशीमा बढी पानी पर्ने महाशाखाको अनुमान छ । 

दिउँसो कोशी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतदेखि पूर्ण बदली रहने छ भने लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनेछ ।

गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले मौसम बुलेटिनमार्फत बताएको छ ।

उसले गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना देखिएको भनेको छ । हाल मनसुन प्रणालीको प्रभाव कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका सबै भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update