Odapalika - The Fourth Estate - चौथो अंग
बित्त आयोगले सरकारलाई भन्योः स्थानीय तहको समानीकरण अनुदान तत्काल निकासा गर्नू 

काठमाडौँ । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले स्थानीय तहमा दिइने समानीकरण अनुदानको रोक्का रकम तत्काल उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । 

संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहमा पठाउँदै आएको रकम अभाव देखाउँदै वित्तीय समानीकरण अनुदानवापतको २५.८९ प्रतिशत रकम कटौती गरेपछि आयोगले निकासाका लागि ध्यानाकर्षण गराएको हो । 

आयोगले आज विज्ञप्तिमार्फत आयोगको शिफारिसमा दिइने भनिएको यो रकम तत्काल निकासा गर्न अर्थ मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । 

अनुदान रकम कटौती भएको भन्दै देशभरका स्थानीय तहका जनप्रतिनिधिले १३ असारदेखि सिंहदरवार घेराउलगायतका दवाबमूलक कार्यक्रम गर्ने घोषणा गरिसकेका छन् । 

अनुदानको रकम सिफारिस गर्ने अधिकार आयोगलाइ भएअनुसार गरिएको सिफारिस कार्याान्वयन नभएकोमा आफ्नो गम्भीर चासो रहेको आयोगका अध्यक्ष बालानन्द पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update