Odapalika - The Fourth Estate - चौथो अंग
वडा कार्यालयले दियो भाग्योदय स्कुललाई शैक्षिक सामग्री 

इलाम । सुर्योदय नगरपालिका वडा नं ७ ले वडाको गोगनेस्थित भाग्योदय आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । 

आज एक कार्यक्रमबीच वडाध्यक्ष लोक बहादुर राईसहितका जनप्रतिनिधिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत कटुवाललाई सामग्री हस्तान्तरण गरेका हुन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत कटुवालको अध्यक्षतामा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष लोकबहादुर राई, सदस्यहरू गजे घले, खेम कुमारी घले, श्यामकृष्ण कटुवाल र वडा सचिव कमलकान्त पोखरेल उपस्थित थिए । 

उनीहरुले विद्यालयका लागि पाँच थान सेतोपाटी विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरू साथै शिक्षक अभिभावक संघ पदाधिकारीहरूलाई एकै ठाँ राखेर हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा विद्यालयका प्रधानाध्यापक तेजराज आचार्यले स्वागत गर्दै सामग्री उपलव्ध गराएकामा वडा कार्यालयलाई धन्यवाद दिए । वडाअध्यक्ष राईले वडाका प्रत्येक विद्यालयहरूमा आवश्यक सामग्री क्रमशः हस्तान्तरण गर्दै लगिने बताउँदै आवश्यकताका आधारमा भाग्योदयमा पहिलोपटक वितरण गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कटुवालले  विद्यालयलाई सामग्री हस्तान्तरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सहयोगहरू क्रमशः जुट्दै जाने विषयमा आफू विश्वस्त रहेको बताए । 

विद्यालयले सुरु गरेको चिल्ड्रेन पार्क निर्माण अभियानका लागि प्रस्तावना पत्र प्रधानाध्यापकबाट वाचन गरी वडाध्यक्षलाई हस्तान्तरण समेत गरिएको सो कार्यक्रमको सञ्चालन शिक्षक अर्जुन वेदना राईले गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update