Odapalika - The Fourth Estate - चौथो अंग
संघीय मामिला मन्त्रीको सय दिनः न आयो प्रशासकीय अधिकृत सरुवा मापदण्ड, न बन्यो विधेयक

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालय सम्हालेको एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । 

आफ्ना उपलव्धि सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले संघीय निजामती सेवा विधेयक तयार पारेको भन्दै विधेयकलाई संसद्को चालु अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताए ।

जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रुपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँगको संवादलाई घनिभूत तुल्याइएको दाबी गरे । 

निजामती विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले राजनीतिक दलबीच गहन छलफल गरी चालु अधिवेशनबाट पारित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ । 

मन्त्रालयले गर्नुपर्ने कार्य जिम्मेवारीमा आशातीत उपलब्धि हासिल गर्न नसकेको स्वीकार्दै मन्त्री जोशीले भने, ‘तीन तहका सरकारबीच आवश्यक समन्वय छैन, एक–अर्काप्रति असन्तुष्टि मात्र देखिन्छ ।’

उनले विकासको मेरुदण्डका रुपमा रहेका स्थानीय तहलाई बलियो तुल्याउन शासकीय क्षमता पूर्वाधार निर्माण र संस्थागत क्षमता विकास कार्यक्रम सञ्चालन दस्तावेज तयार भएको पनि जानकारी दिनुभयो ।

अस्थिर राजनीतिका कारण आउने दबाबले कर्मचारी व्यवस्थापनमा चुनौती सामना गर्नु परिरहेको उल्लेख गर्दै मन्त्री जोशीले सरकार परिवर्तनसँगै कर्मचारीको पनि फेरबदल भइरहेको स्वीकार गरे । ‘राजनीतिक आग्रह र पूर्वाग्रहका कारण कतिपय स्थानीय तहमा पठाइएका कर्मचारी दलबलसहित मात्र हाजिर गर्न जानु परेका घटना छन्,’ उनले भने ।

जनप्रतिनिधि र कर्मचारीबीच बुझाइ समानता तथा कार्यगत एकता नहुँदा कतिपय स्थानीय तहमा कार्यकारी खटाउन नसकिएको जिकिर गर्दै मन्त्री जोशीले अझै पनि २३० भन्दा बढी स्थानीय तहमा निमित्त खटाउनु परेको जानकारी दिए ।

उनले सय दिनमा ३८ वटा काम गरेको फेहरिस्त पेश गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड तयार भएर स्वीकृतिको चरणमा रहेकोदेखि स्थानयि तहका जनप्रतिनिधिको विदेश भ्रमणसम्वन्धि मापदण्ड निर्माणसम्मको काम भइरहेको बताएका छन् । 

यस्ता छन् मन्त्रीले दाबी गरेका उपलव्धि 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update