Odapalika - The Fourth Estate - चौथो अंग
५ वटा प्रदेशमा पानी परिरहँदा कर्णाली र सुदूपश्चिममा किन भित्रिएन मौसम ? 

काठमाडौं । आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ ।

मौसम प्रणालीको प्रभावका कारण कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित  मध्यमखाले वर्षा हुने बताइएको छ । 

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । स

राति कोशी, मधेस, वागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार कर्णाली र सुदूपश्चिम प्रदेशमा भने अझै मौसम भित्रिन सकेको छैन । 
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update