Odapalika - The Fourth Estate - चौथो अंग
मुख्यसचिव डा.अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको भन्दै  मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहितका विरुद्ध विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अखितयार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मुद्धा विशेष अदालतमा दर्ता हुने क्रममा छ । मुद्धा दर्ता भएलगत्तै उनी स्वतः निलमबनमा पर्नेछन् । 

भ्रष्टाचार मुद्धा दायर हुन लागेको थाहा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन सुझाएपनि उनले अहिलेसम्म राजिनामा बुझाएका छैनन् । 

भ्रष्टाचार मुद्धामा मुख्यसचिवमाथि मुद्धा लागेको यो पहिलोपटक हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन गर्ने काममा संलग्न भएर भ्रष्टाचार गरेको आरोप उनीमाथि छ । अख्तियारले मुद्धा दर्ताको प्रक्रिया नसकिएकाले भ्रष्टाचारको विगो र जरिमानाबारे भने बताएको छैन । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update