Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वाधार सहयोग कार्यक्रमका लागि छानिए लुम्बिनी र कर्णालीका यी २० पालिका, के पाइन्छ सुविधा ?

काठमाडौँ । बेलायत सरकारको सहयोगमा स्थानीय तहमा संचालन भइरहेको स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा लुम्बिनी र कर्णालीका २० पालिका छानिएका छन् । 

या कार्यक्रमका लागि आवेदन दिएका १२० वटा स्थानीय तहमध्ये आशयपत्र मुल्यांकनमा २० वटा पालिका छानिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट छनौट भएका यी पालिकाले पूर्वाधार विकासका लागि रकम अनुदान पाउँछन् । 

आवेदन दिएका कर्णाली प्रदेशका ५१ मध्ये ५ वटाले मात्र यो कार्यक्रमका लागि बजेट पाउने छन् भने लुम्बिनीका ६९ पालिकाले आवेदन दिएकामा १५ वटा योग्य भएका छन् । 

थपिएका ५ सँगै स्थानीय पूर्वाधार विकास कार्यक्रम लागु हने कर्णालीका पालिकाको संख्या २० वटा पुगेको छ । २ चैत २०६९ मा नेपाल र बेलायत सरकारबीच यो कार्यक्रम संचालनका लागि सहमति भएको थियो । 

यो कार्यक्रममा छनौट हुन विभिन्न १० वटा सूचक तोकिएका छन् । ती सूचकमा उत्कृष्ट अंक ल्याउने पालिका कार्यक्रमका लागि छनोट हुन्छन् । स्वास्थ्य चौकी, खानेपानी आयोजना, स्थानीय पूर्वाधारका योजनालगायतमा यो आयोजनाले रकम उपलव्ध गराउँछ ।

यी हुन् छनोट भएका कर्णालीका पालिका

छार्का ताङसोङ गाउँपालिका

गुराँस गाउँपालिका

शिवालय गाउँपालिका

जगदुल्ला गाउँपालिका

तिलागुफा गाउँपालिका

यी हुन् लम्बिनीका पालिका 

परिवर्तन गाउँपालिका

बिजयनगर गाउँपालिका

बंगलाचुलीगाउँपालिका

सुनछहरी गाउँपालिका

त्रिवेणी गाउँपालिका

खजुरा गाउँपालिका

मालिका गाउँपालिका

लुङग्री गाउँपालिका

कालीगण्डकी गाउँपालिका

मल्ल्रानी गाउँपालिका

सिस्ने गाउँपालिका

शितगंगा नगरपालिका

मुसिकोट नगरपालिका 

तानसेन नगरपालिका

कोहलपुर नगरपालिका 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update