Odapalika - The Fourth Estate - चौथो अंग
यात्रा, भेटघाट, खानपान र सम्पत्तिबारे के आजको ज्योतिषशास्त्र

आजको पञ्चाङ्ग 

तिथिः तृतीया । नक्षत्रः उ.षा. । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ५ः११ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३५ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

तपाईँको आज अनुकूल समय हुनेछ । स्थायी सम्पति प्राप्त हुनेछ । सुखपूर्वक दिन बित्नेछ । कर्म प्राप्तिको योग रहेको छ । मातृ सुख पाइनेछ ।

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आज वृष राशिको लागि भाग्योदयको समय छ । सुनौलो कार्यगत सफलता प्राप्त हुनेछ । सन्तानको सफलता सुन्न पाइनेछ । विद्यामा सफलता देखिन्छ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

आजको दिन त्यति फलदायक छैन । रमाइलोसँग भेटघाटमा दिन बितेपनि स्वास्थ्यमा समस्या हुनेछ । गरेका कामले सन्तुष्टि दिनेछैन । शत्रुले काममा हानी गर्न सक्नेछन् ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

आज गरेका कार्यले आत्मिक सुख हुनेछ । यात्राको सुखद अनुभव पाइएला । सेवागर्ने अवसर मिल्नेछ । परिवारसँगको सामिप्यताले आनन्दित बनाउनेछ । आयमा वृद्धि हुनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु टे )

नयाँ कामको थालनी आज नगर्नुहोला । कामले पूर्णता  पाउने छैन । स्वास्थले पनि साथ नदेला । शत्रुदेखि सतर्क रहनु पर्नेछ । 

कन्या (टो प पि पु ष ण ठ पे पो )

आत्मविश्वासका साथ काम हुनेछ । तार्किक कुराले सबैकोमन जित्न सकिन्छ । स्वस्थ्यमा सुधार हुनेछ । धार्मिक सुख पाइनेछ । 

तुला ( र रि रु रे रो ता ति तु ते )

आजको दिन कर्मयोगको समय रहेको छ । रमाइलोसँग यात्रामा सरिक हुनु पर्नेछ । कर्मसुख पाइन्छ । मित्र भेटले मन खुसी रहनेछ ।     

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको दिन अनुकूल देखिन्छ । गरेको काममा भाइबन्धुको साथ पाइन्छ । बुद्धिमतापूर्वक सोचेर गरेको कामले सम्मान प्राप्त हुनेछ । कार्यक्षेत्रबाट सम्मान पाइनेछ । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

राम्रो समय नरहेकाले मान, सम्मान आँच आउनेछ । धनको नोक्सानी बेहोर्नु पर्ने देखिन्छ । यात्रा भने हुने देखिन्छ ।

मकर (भो जाजि जु जे जो खा खि खु खे खो गा गि )

तपार्इँको आज मान बड्ने योग छ । पहिले गुमाएको वस्तुप्राप्त हुनेछ । भेटघाट र रमाइलोमा समय बित्नेछ । आर्थिक लाभ हुनेछ । स्वास्थमा सुधार हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आजको यात्राले लाभ हुनेछ । आफन्त प्रतिको लेनदेनमा फाइदा हुनेछ । सोचेभन्दा बढी आय हुने देखिन्छ । नयाँ काम पाउने प्रवल सम्भावना छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन फलदायक हुनेछ । गरेको कामबाट प्रशस्तै फाइदा हुनेछ । आर्थिकरुपमा पनि सबल देखिन्छ । सुखद र रमाइलो यात्रा हुनेछ । पराक्रम बढ्नेछ । सबैको प्रशंसा पाइनेछ ।   
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update