Odapalika - The Fourth Estate - चौथो अंग
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि 

काठमाडौँ । देशका ५ वटा प्रदेशमा मनसुन प्रणाली सक्रिय भएका कारण आजपनि यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ । 
बाँकी भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव देखिएपनि यसगर्न नसक्ने विभागको भनाइ छ  ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।
भोलिदेखि कर्णाली र सूदुरपश्चिम प्रदेशमा मनसुनको प्रभाव देखिन थाल्ने विभागको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update