Odapalika - The Fourth Estate - चौथो अंग
घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट 

काठमाडौँ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ । 

नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले पन्ध्रौँ नगरसभामा आगामी बजेट सार्वजनिक गरिन् ।

घोराहीले चालु आवभन्दा २६ करोड ९४ लाख १८ हजार बढीको बजेट ल्याएको छ । चालु आवका लागि उपमहानगरले २  अर्ब १५ करोड ८३ लाख बजेट विनियोजन गरेको थियो ।

कूल विनियोजित रकममध्ये सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८२ करोड ९७ लाख ५८ हजारमध्ये  ११ करोड ६३ लाख २० हजार अर्थात १४ दशमलव ९२ प्रतिशत पुँजीगत खर्च र ७१ करोड ३४ लाख ३८ हजार अर्थात ८५ दशमलव ९८ प्रतिशत चालु खर्च छ । 

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३ करोड ६४ लाख ६२ हजारमध्ये ३ करोड ६० लाख अर्थात ९८ दशमलव ७३ प्रतिशत पुँजीगत खर्च र ४ लाख ६२ हजार अर्थात एक दशमलव २७ प्रतिशत चालु खर्च  छ । 

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दातबाट विनियोजन गरिएको बजेट १ अर्ब ५६ करोड १४ लाख ९८ हजार मध्ये ५५ करोड ७१ लाख १२ हजार अर्थात ३५ दशमलव ६८ प्रतिशत चालु खर्च १ अर्ब ४३ लाख ८६ हजार अर्थात ६४ दशमलव ३२ प्रतिशत पुँजीगत खर्च रहेको बजेट वक्तव्यमा उल्लेख छ । 

कूल बजेटमध्ये १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२ दशमलव ३५ प्रतिशत चालु खर्च र एक अर्ब १५ करोड ६७ लाख ६ हजार अर्थात ४७ दशमलव ६५ प्रतिशत पूजिगत खर्च रहेको छ । 

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ५५ करोड ८८ हजार, संघीय वित्तीय समानीकरण अनुदानबाट ३० करोड ३१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २६ करोड ७) लाख २६ हजार ६०१, सङ्घीय रोयल्टी बाँडफाँटबाट ९ लाख ७३ हजार ३००, सङ्घीय सशर्त अनुदानबाट ८२ करोड २२ लाख ५८ हजार, र सङ्घीय विशेष अनुदानबाट ७५ लाख व्यहोरिने जनाइएको छ । 

प्रदेश समानीकरण अनुदानबाट २ करोड २० लाख ४७ हजार, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ८२ लाख ६३ हजार, प्रदेश सशर्त अनुदानबाट २ करोड २४ लाख ६२ हजार र प्रदेश समपूरक अनुदानबाट १ करोड ४० लाख व्यहोरिने गरी उपमहानगरले बजेट विनियोजन गरेको हो ।  
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update