Odapalika - The Fourth Estate - चौथो अंग
निजामती कर्मचारीको सरुवा अनिश्चित कालसम्मको लागि रोकियो

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवा अनिश्चित कालसम्मका लागि रोकेको छ । मन्त्रालयले एक सुचना सार्वजनिक गरि सरुवा रोकेको हो ।

कर्मचारी सरुवा सम्बन्धी मापदण्ड बनाउनु पर्ने भएकोले अहिले सरुवा रोकिएको मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ । मन्त्रालयका सचिवले सचिवस्तरीय निर्णय गरी सरुवा रोकेका हुन् ।

यसअघि मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको मनपरी सरुवा गरेको थियो । मन्त्री भानुभक्त जोशीको चाहना बमोजिम स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरिएको बताइएको थियो । 

यद्यपि, मन्त्री जोशी प्रमुख प्रशासकीय अधिकृतको सरुवामा व्यस्त रहेको समयमा मन्त्रालयका सचिवले ‘अर्काे सुचना जारी नभएसम्म’का लागि सरुवा नै रोकिदिएका छन् ।

saruwa-notice-1719206766.jpg
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update