Odapalika - The Fourth Estate - चौथो अंग
लीलादेवी गड्तौलाले पाइन निमित्त मुख्यसचिवको जिम्मा 

काठमाडौँ । सरकारले निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई दिएको छ । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेवारी गड्तौलालाई दिने निर्णय गरेको हो । 

अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् । आइतबार निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई भने सरकारले राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर त्यता सरुवा गर्ने निर्णय भएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update