Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरणको थप १७ अर्ब दिने, काटियो ७ प्रतिशत बजेट

कामठाडौँ । संघीय सरकारले स्थानीय तहहरुलाई दिने भनेको वित्तीय समानीकरण अनुदानको थप केही रकम निकासा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले स्थानीय तहहरुलाई वित्तीय समानीकरणको करिब १७ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । यो रकम निकासा गर्दा पनि संघीय सरकारले स्थानीय तहहरुलाई चालु आर्थिक वर्षमा दिन्छु भनेको रकमको ७ प्रतिशत बजेट कटौति हुनेछ ।

सरकारले चालु आर्थिक वर्षमा स्थानीय तहहरुलाई ८७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने भन्ने व्यवस्था बजेटमा गरिएको थियो । तर, स्रोतको अभाव भएको भन्दै संघीय सरकारले सो रकमको २५ प्रतिशतले हुन आउने रकम कटौति गर्ने भनेर स्थानीय तहहरुलाई पत्राचार गरेको थियो ।

संघीय सरकारको यस्तो निर्णय विरुद्ध स्थानीय तहहरु आन्दोलित भएका थिए । संघीय सरकारले वित्तीय समानीकरणको रकम उपलब्ध नगराए असार १० सम्ममा बजेट सार्वजनिक गरेर काठमाडौँ जम्मा भइ संघीय सरकार विरुद्ध आन्दोलन गर्ने तयारी स्थानीय तहका जनप्रतिनिधिको थियो ।

स्थानीय तहहरु आन्दोलिन हुने अवस्था देखेपछि सरकारले कुल विनियोजित रकमको ९३ प्रतिशत हुने गरी बजेट निकासा गर्ने निर्णय गरेको हो । सो बराबरको रकम निकासा गर्दा सरकारले थप १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ स्थानीय तहहरुमा पठाउने छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update