Odapalika - The Fourth Estate - चौथो अंग
गोसाईकुण्ड गाउँपालिकामा शिक्षकको जागिर खुल्यो, दोस्रो विज्ञापनको पनि सकिन लाग्यो म्याद

काठमाडौँ । रसुवाको गोसाईकुण्ड गाउँपालिकाले शिक्षकको दरखास्त आव्हान गरेको छ । आफ्नो गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयका लागि राहत, करार र दरबन्दीमा शिक्षक माग गरेको हो ।

गाउँपालिकाले निमाबिका लाग २ जना र प्रारम्भिक बाल विकास सहकजर्ता २ जना मागेको छ । आवेदन दिनको लागि कम्तिमा प्रमाणपत्र तहकाृे अध्ययन पूरा गरेको हुनुपर्ने भनिएको छ । प्रमाणपत्र तह पास गर्दा कम्तिमा द्वितीय श्रेणीमा पास गरेको हुनुपर्ने भनिएको छ ।

गाउँपालिकाले निमाबि तहमा विज्ञान विषय पढाउने एक जना राहत शिक्षक खोजी गरेको छ भने सामाजिक विषय पढाउने करारमा एक जना शिक्षक खोजेको छ । प्रारम्भिक बाल विकास सहजकर्ताको लागि २ जना चाहिएको छ । यो पद भने दरबन्दीको हो ।

teacher-for-gosaikunda1692255306.jpg

गाउँपालिकाले यसअघि प्रकाशित गरेको विज्ञापनमा योग्य उम्मेदवार नभेटेपछि फेरि अर्काे विज्ञापन प्रकाशित गरेको छ । साउन २६ गते प्रकाशित गरिएको दोस्रो सुचनाको म्याद पनि सात दिन मात्रै छ । त्यसैले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका सामुदायिक विद्यालयमा पढाउन चाहने इच्छुक शिक्षकले चाढै निवेदन गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update