Odapalika - The Fourth Estate - चौथो अंग
५० पालिकाको बजेट पारित, कुन प्रदेशका कतिवटा ? 

काठमाडाैँ । संवैधानिक प्रावधानअनुसार आज अर्थात १० असारभित्रमा देशभरका सबै स्थानीय तहले बजेट ल्याउनुपर्छ । देशका अधिकांश पालिकाहरुमा आज बजेट सार्वजनिक गर्ने कार्यक्रम चलिरहेको छ । तर संविधानले निर्दिष्ट गरेको अवधि अगावै ५० वटा स्थानीय तहले बजेट पारित गरिसकेका छन् । 

स्थानीय तहले बजेट पारित गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रणालीमा बजेट अपलोड गर्ने व्यवस्था छ । 

संघीय मामिला मन्त्रालयका अनुसार यो प्रणालीमा १० असार मध्यान्हसम्ममा ५० वटा पालिकाले बजेट पारित गरेको विवरण पेश गरेका छन् । 

बजेट पारित गर्नेमा सवैभन्दा वढी गण्डकी प्रदेशका पालिकाहरु छन् । मन्त्रालयका अनुसार गण्डकीका १५ वटा स्थानीय तहले बजेट पारित गरेको जानकारी संघीय मामिला मन्त्रालयलाई दिइसकेका छन् । 

कोशीका ५ वटा र मधेशका ८ वटा पालिकाले पनि बजेट पारित गरिसकेका छन् । बागमतीका ९ लुम्बिनीका ६, कर्णालीको एउटा र सूदुरपश्चिम प्रदेशका ६ वटा पाकिलाले बजेट पारित गरिसकेका छन् । यो भनेको ६.६४ प्रतिशत हो । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update