Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको बजेट २५ अर्ब, स्वर्णिम र गौरवका योजनाले पाए ५ अर्ब 

काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा वढीको बजेट ल्याएको छ ।

उपमेयर सुनिता डङ्गोलले आज नगरसभाको १५औँ अधिवेशनमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । 

महानगरले सबैभन्दा धेरै बजेट पूर्वाधार विकासका लागि बिनियोजन गरेका छन् । यो शीर्षकमा १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन भएको छ । यो कुल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४० करोड ४५ लाख, सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छुट्याएको छ । आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान छ । 

महानगरले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको बताइन् । महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update