Odapalika - The Fourth Estate - चौथो अंग
देशभर पुग्यो मनसुनको प्रभाव, कोशीमा भारी वर्षा 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सातवटै प्रदेशमा मनसुन फैलिएको बताएको छ । 

जसका कारण सबै प्रदेशमा पूर्णदेखि आंशिकसम्म मौसममा बदली आएको छ । मनसुनी वायु देशभर फैलिएसँगै बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ । कोशी नदिीको तटीय क्षेत्रमा भने भारी वर्षा भइरहेको विभागको भनाइ छ । 

सुनसरीको सप्तकोशी रुपन्देही, कोइलाबासलगायतका क्षेत्रमा पनि भारी वर्ष जारी छ । 

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन  रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update