Odapalika - The Fourth Estate - चौथो अंग
पुस्तकालय दिवस : ७५३ स्थानीय तहलाई संघीय सरकारको निम्तो 

काठमाडौं । संघीय सरकारले १५ भदौमा विधि कार्यक्रम गरेर पुस्तकालय दिवस मनाउन र संघीइ सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन सवै स्थानीय तहहरुलाई आग्रह गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पुस्तकालय दिवस मनाउन र संघीय सरकारले आयोजना गर्ने पुस्तकालय दिवसको कार्यक्रमा भर्चुअल सहभागिता जनाउन आग्रहसँगै निम्तो गरेको छ । 

शिक्षा मन्त्रालयको पहलमा हरेक वर्ष पुस्तकालय दिवस मनाइने गरिन्छ । २०६५ बाट सुरु भएको दिवस मनाउने परम्परालाई स्थानीय तहसम्म विस्तार गरेर पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित कार्यक्रम गर्न र संघको कार्यक्रममा सहभागी हुन निम्तो गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । 

यसवर्ष पुस्तौ पुस्ताका लागि पुस्तकालय भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाउने तयारी मन्त्रालयको छ । 

मन्त्रालयले देशभरका शिक्षा, विकास तथा समन्वय इकाइ, सबै विश्वविद्यालयहरु, प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्रलगायतका निकायलाई समेत दिवस मनाउन र मन्त्रालयले आयोजना गर्ने कार्यक्रममा उपस्थित हुन भनेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update