Odapalika - The Fourth Estate - चौथो अंग
जिरी नगरपालिकाको बजेट ५५ करोड 

रामेछाप । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ५५ करोड ९ लाखको बजेट सार्वजनिक गरेको  छ ।   

नगपालिकाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगरप्रमुख मित्रबहादुर जिरेलले नीति तथा कार्यक्रम र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट सार्वजनिक गरे । 

आगमी आर्थिक वर्षको लागि प्रस्तुत् गरिएको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा २ करोड ६६ लाख ५ हजार रुपैयाँले बढी हो । नगरपालिकाले पूँजीगततर्फ १८ करोड ३५ लाख अर्थात् ३३ दशमलव ३० प्रतिशत र चालुतर्फ ३६ करोड ७४ लाख ८८ हजार अर्थात् ६६ दशमलव ७० प्रतिशत बजेट विनियोजन गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update