Odapalika - The Fourth Estate - चौथो अंग
२०७ स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ? 

काठमाडौँ । देशभरका २०७ स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालयको प्रणालीमा २०७ वटा स्थानीय तहले बजेट पारित गरेर मन्त्रालयको प्रणालीमा प्रविष्ट गरेको जनाएको छ । 

मन्त्रालयका अनुसार बजेट पेश गरेर पारित गर्ने पालिकाको  प्रतिशत २७.४९ पुगेको छ । मंगलवार बिहान ११ः१५ बजेसम्म मन्त्रालयले गरेको अपडेट अनुसार कोशी प्रदेशका ४६, मधेशका ३३, बागमतीका २८ वटा स्थानीय तहले बजेट पारित गरिसकेका छन् । 

मन्त्रालयका अनुसार गण्डकीका ३१ पालिका, लुम्बिनीका २७, कर्णालीका २० र सुदूरपश्चिमका २२ वटा पालिकाले बजेट पारित गरिसकेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update