Odapalika - The Fourth Estate - चौथो अंग
मध्य दिउँसो राहुकाल, कुम्भ राशिमा चन्द्रमा पर्दा यस्तो छ फल 

आजको पञ्चाङ्ग 

तिथिः पञ्चमी  । नक्षत्रः धनिष्ठा । करणः कौलब । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः१२ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः३५ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आज आर्थिक क्षेत्रमा नसोचेको फाइदा हुनेछ । नयाँकार्यको थालनी गर्दा फाइदा छ । प्रिय खबर सुन्नुपर्ला । मन प्रफुल्लित हुनेछ ।

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आजको कार्य उपलब्धिमूलक हुनेछ । स्थायी सामानको खरिद हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर पाइनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह )

सन्तानले पूरा साथ दिनेछन् । नयाँ कामको सिर्जना गरिनेछ । आप्mनो कर्तव्य निभाउन सक्षम भइनेछ । मनोरञ्जन पूर्ण दिन हुनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

धैर्यताले काम गर्नु पर्नेछ । नकारात्मक सोचले काम बिग्रन सक्छ । आज गरिएको लेनदेनले घाटा हुनेछ । शरीर आलस्य रहनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

आजको दिन परिवारका साथ रमाइलोमा बित्नेछ । कामको चारैतिरबाट सम्मान हुनेछ । धैर्य र सकारात्मक सोचले कार्य पूरा हुनेछ  । मनमा उमंग आउनेछ । 

कन्या ( टो प पि पु ष ण ठ पे पो )

विविध कारणले धनक्षति हुनेछ । अप्रत्यासित खुस्केको बोली तपाईँको लागि भारी पर्न सक्छ । सचेत भएर काम गर्नुपर्नेछ । स्वास्थमा समस्या आउन सक्छ । खानपिनमा सतर्कता अपनाउनु पर्नेछ ।

तुला (र रि रु रे रो ता ति तु ते ) 

आज भाग्योदयको समय रहेको छ । परिवारको खुसीले मन रमाउनेछ । भेटघाटको अवसर जुर्नेछ । स्वास्थ्यमा सुधार देखिनेछ । धार्मिक तथा रमाइलो यात्रामा सहभागी भइनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको समय शुभ रहनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल हुनेछ ।  शारीरिक पूmर्ति बढ्नाले काम गर्न जोश जाँगर आउनेछ । कामको प्रशंसा हुनेछ । पदोन्नतिको प्रबल सम्भावना छ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज तपाईँको समय अनुकूल छ । अनावश्यक मानसिक चिन्ता हट्नेछ । आर्थिक प्रगति भई सम्मान प्राप्त हुनेछ । तपाईँको पराक्रमले काम बन्नेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

तपाईँको आज तनाबमा बित्नेछ ।  गरेको प्रगतिले सबैलाई डाहा हुनेछ । कुरा काट्नेहरु प्रशस्तै हुनेछन् । घुमफिरमा समय बित्नेछ । आयभन्दा व्यय बढी हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

रोकिएका विभिन्न काम बन्नेछन् । परिवारसँग रमाइलोमा दिन बित्नेछ । मान सम्मान पाइनेछ । बोली बिक्नेछ । स्वास्थ सबल हुनेछ ।  

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

तपाईँको क्षमताकोे सबैले प्रशंसा गर्नेछन् । सामाजिक कार्यमा सरिक हुन पाइएला । धनप्राप्तिले मन आनन्दित हुनेछ । घुमफिर र मिष्ठान्न भोजनमा समय बित्नेछ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update