Odapalika - The Fourth Estate - चौथो अंग
मौसम विभागको चेतावनीः देशभर पानी पर्छ, सतर्क रहनू 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर भारी वर्ष हुने भएकाले वाढी र पहिरोको सम्भावित जोखिमबाट बच्न अनुरोध गरेको छ । 

विभागले कोशी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना भन्दै विभागले सतर्क रहन भनेको हो । 

वाग्मती, कोसी, गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ । 

विभागका अनुसार दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने जनाएको छ भने बाँकी भू–भागमा आंशिकदेखि साधारणसम्म वर्षा हुने विभागको भनाइ छ । 

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागले भनेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update