Odapalika - The Fourth Estate - चौथो अंग
उपप्रमुखसहित बहुमत सदस्यले बहिष्कार गरे, वडाध्यक्षले मध्यरातमा बजेट पढे 

काठमाडौँ । जनप्रतिनिधिबीचको आन्तरिक विवादका बीच इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेको छ । 

एमालेका तर्फबाट निर्वाचित उपमेयर संगीता कुमारी चौधरीसहितका वडाअध्यक्षहरुले नगरसभाको बैठक बहिष्कार गरेपछि सोमबार राती १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले बजेट सभामा पेश गरेका हुन् । 

उनले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 

एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिस्कार गरेपछि बजेट अन्योल भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । 

नगरसभाका १०९ सदस्यमध्ये बैठकमा २० जनाको उपस्थिति भए पनि माइन्युटमा बहुमत सदस्यको उपस्थिति तथा हस्ताक्षर रहेको उपमहानरको जिकिर छ । मयेर हेमकर्ण पौडेलले कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्षलाई बजेट बाचन गर्न लगाएका हुन् । 

वडाध्यक्ष पोखरेलले पेस गरेको बजेटमा चालुतर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार, पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख  छ । 

बजेटमा पुँजीगत खर्चतर्फ वडागत सिलिङमा ३८ करोड र नगरस्तरका योजनामा  ४५ करोड समावेश गरिएको छ । 

    

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update