Odapalika - The Fourth Estate - चौथो अंग
खिजीदेम्बा गाउँपालिकाको बजेटः अर्गानिक गाउँपालिका घोषणा गर्ने, देम्बा गल्फ खेलाउने

काठमाडौँ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा अर्गानिक गाउँपालिका घोषणा गर्नको लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले जानकारी दिइन् । यस्तै, गाउँपाकिलामा देम्बा गल्फ कप संचालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ ।

यस्ता छन् खिजीदेम्बाका प्रमुख कार्यक्रमहरु

१. चालु आ.व. २०७९/८० मा सञ्चालित पालिका स्तरीय तथा वडास्तरीय विभित्र योजनाहरु सम्पत्र भएकोमा संघीय समानीकरण न्यून प्राप्तिका कारण भुक्तानी हुन बाँकी दायित्व भुक्तानीको लागि ३६ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

२. प्रदेश सरकारको साझेदारीमा सञ्चालन हुने धारापानी, ताउर, छेर्मादिङ, टुकसिन्दुक, झाप्रे सडक स्तरोत्रति र साझाबारी, चण्डीथान, चुली, महभिर हुदै मोलुङ गाउँपालिका जोड्ने सडक स्तरोत्रति लाई कूल ३८ लाख ८५ हजार रकम विनियोजन गरिएको छ । 

३. संघीय सरकार संगको साझेदारीमा सञ्चालन गरिने पात्लेखर्क –चुलीकाप्ती सडक निर्माण तथा स्तरोत्रतिका लागि कूल रकम रु. ४० लाख विनियोजन गरिएको छ । 

४. अर्गानिक गाउँपालिका घोषित गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । 

५. साना सिँचाई कार्यक्रम आयोजना सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

६. विभित्र खानेपानी आयोजना, सिँचाई आयोजना र लघु जलविद्युत आयोजनाहरुको मर्मत तथा पाइप खरीदका लागि रु ८ लाख रकम विनियोजन गरिएको छ ।  

७. पशुपालन गर्ने कृषकहरुको लागि पशुस्वास्थ्य सम्बन्धी औषधि खरीदका लागि रु ८ लाख बजेट विनियोजन गरिएको छ । 

८. लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । 

९. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि शैक्षिक गुणस्तर बृद्धि अनुदान कार्यक्रम लाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ । 

१०. खिजीदेम्बा गाउँपालिकाका आधारभूत विद्यालयहरुमा स्थानीय ज्ञानसीपको विकासका लागि स्थानीय पाठ्यक्रम अुनसार पाठ्पुस्तक निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । 

११. सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी तथा विद्यालय कर्मचारीहरुको न्यूनतम पारिश्रमिक नघटने गरी गाउँपालिकाले व्यहोर्नुपर्ने आवश्यक बजेट व्यवस्था गरिएको छ  ।

१२.खिजीदेम्वा गाउँपालिकाका माध्यमिक विद्यालयका विद्यार्थिहरुका खाजाका लागि रु १५ लाख बजेट विनियोजन गरेको छु ।

१३.खिजीदेम्वा –५ मा सभाहलका लागि रु २५ लाख बजेट विनियोजन गरेको छु ।

१४. विभिन्न कृषि सडकहरुका लागि आवश्यक वजेट विनियोजन गरेको छु ।

१५. करुणा फाउन्डेशनको साझेदारीमा अपाङ्गता कार्यक्रमका लागि रु २० लाख ६ हजार बजेट विनियोजन गरेको छु ।

१६. संघीय व्यवस्था अनुकुल संगठन तथा कर्मचारीको क्षमता विकास गर्न सबै  कर्मचारीहरुलाई आधुनिक प्रविधिमैत्री सेवा प्रवाहमा प्रभावकारीता ल्याउनका लागि कर्मचारीको तालिमको व्यवस्था मिलाईएको छ । 

१७.  गाउँपालिकाभित्र विभित्र दिवसीय कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

१८. खेलकुद क्षेत्रको विकासका लागि खेलमैदान मर्मत तथा खेलकूद प्रतियोगिता सञ्चालनका लागि आवश्यक रकमको व्यवस्था गरिएको छ ।

१९. खिजीदेम्बा देम्बा गल्फ कप सुचारु गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।

२०. लोकसेवा कक्षा सञ्चालनका लागि रु १३ लाख रकम विनियोजन गरिएको छ । 

२१. विभिन्न जाति, भाषा, संस्कृति भएको खिजीदेम्वा गाउँपालिकाको जातीय, भाषिक एवं धार्मिक संस्कृति संरक्षण एवं प्रवद्र्धनको लागि खुल्ला सांस्कृक महोत्सवको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

२२. गाउँपालिकाबाट लिइने कर तथा गैर कर राजश्वका दरहरु निर्धारण गर्दा करदाताले कर तिर्न सक्ने क्षमता, उपयुक्तता, करको असुली जस्ता विषयलाई ध्यान दिइएको छ ।

२३. नव निर्मित ६ वटा वडा कार्यालय भवनहरुको व्यवस्थापनका लागि रु १३ लाख रकम विनियोजन गरेको छु ।

२३. नागरीक समाजलाई क्षमता अभिवृद्धिका लागि आवश्यक रकम विनियोजन गरेको छु ।

२४. पालिका स्तरीय सार्वजनिक सुनुवाईका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

२५.स्वास्थ्य तर्फ औषधि खरीद गर्न रु २० लाख बजेटको व्यवस्था गरेको छु ।

२६. कोशेली घर निर्माणका लागि रु १५ लाख बजेटको व्यवस्था गरेको छु ।

२७.कृषि व्याज अनुदानका लागि रु ६ लाख बजेटको व्यवस्था गरेको छु ।

२८. कार्यालयमा मेसिनरी औजार खरीदका लागि रु १५ लाख बजेट विनियोजन गरेको छु ।

२९. युवा उद्यमशीलताका लागि रु ५ लाख बजेट विनियोजन गरेको छु ।

३०. आर्थिक सहायता तथा विपद व्यवस्थापनका लागि रु १० लाख बजेट विनियोजन गरेको छु ।

३१. कृषि अर्गानिक प्रमाणिकरणका लागि रु ६ लाख लाख बजेट विनियोजन गरेको छु ।

३२. गाउँपालिका प्रशासकीय भवन तला थपको लागि रु २५ लाख बजेट विनियोजन गरेको छु ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update