Odapalika - The Fourth Estate - चौथो अंग
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ? 

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ४६ प्रतिशत स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरिसकेको जनाएको छ । 

मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको प्रणालीमा सबै स्थानीय तहलाई बजेट प्रविष्ट गर्न लगाउने गरेको छ । 

मन्त्रालयको यो प्रणालीमा हालसम्म ४६.२२ प्रतिशत स्थानीय तहले बजेट पास गरेको विवरण पेश गरेका छन् । यो भनेको ३४८ वटा पालिका हो । मन्त्रालयका अनुसार देशभरका ४७ स्थानीय तहहरुले भने विवादका कारण अझै बजेट ल्याउन नसकेको जनाएको छ । जसको पुष्टि गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले पनि गरेका छन् । 

मन्त्रालयका अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ८३ वटाले बजेट पारित गरेका छन् भने मधेशका १३६ स्थानीय तहमध्ये ४६ वटाले बजेट पारित गरिसकेका छन् । 

बागमतीका ११९ मध्ये ४८, गण्डकीका ८५ मध्ये ४५, लुम्बिनीका १०९ मध्ये ४९, कर्णालीका ७९ मध्ये ४४ र सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ३३ वटाले बजेट पारित गरेको जानकारी मन्त्रालयमा गराएका छन् । 

तर गाउँपालिका महासंघ र नगरपालिका संघले भने यो भन्दा वढी नै पालिकाले बजेट पारित गरिसकेको तर मन्त्रालयको प्रणालीमा पठाइनसकेको बताएका छन् । संघीय मामिला मन्त्रालयको यो विवरण वुधवार दिउँसो साढे ४ बजेसम्मको हो । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update