Odapalika - The Fourth Estate - चौथो अंग
अछाम र दैलेखसहित देशका विभिन्न स्थानमा वर्षा जारी 

काठमाडौँ । आज पनि देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हिजोबाट मनसुन सक्रिय हुँदा देशभर आएको वाढी र पहिरोमा परेर २४ जनाले ज्यान गुमाइसकेका छन् । आज कोशी, मधेस, वाग्मती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । 

दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने विभागको भनाइ छ ।  कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

ढीला गरी मौसमी प्रभाव परेको अछाम र दैलेखमा भारी वर्षा भइरहेको छ । विभागले वर्षका कारण आउनसक्ने वाढी र पहिरोबाट सतर्करहन भनेको छ । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update