Odapalika - The Fourth Estate - चौथो अंग
वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ । सिद्घार्थ युनाइटेड र टिम ब्राइड होपबीच उद्घाटन खेल भएको छ । यसमा टीम ब्राइटल १ गोल गरेर सिद्धार्थ युनाइटेडलाई पराजित गरेको छ । 

१५ गतेसम्म चल्ने खेलमा २८ समूहबीच प्रतिस्पर्धा भइरहेको छ । यो दोस्रो श्रृङ्खला हो । खेल उद्घाटन भएको दिन ८ वटा समूहबीच प्रतिस्पर्धा भएको छ । 

उद्घाटन सत्रमा बोल्दै व्यवस्थापिका संसद, अर्थ समितिका सभापति सन्तोष चालिसेले खेलकुदले युवाहरुको शक्तिलाई राष्ट्रिय पहिचान प्रवर्धनमा रुपान्तरण गर्ने बताए । यसका लागि स्थानीयले अगाडि सारेका कार्यक्रममा प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ । 

निष्क्रियता उन्मुख सहरी जीवनशैलीलाई सक्रिय बनाउन र खेलबाट स्वस्थ्य जीवनको प्रवर्धन गर्न प्रतिस्पर्धा आयोजना गरिएको र यस्ता कार्यक्रम नियमित सञ्चालन हुने वडाध्यक्ष भुवन लामाले बताए ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update