Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँमा कम जिरीमा अधिक वर्षा, आज पनि पर्नेछ यी स्थानमा पानी 

काठमाडौँ । आज देशका कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा भारी वर्षा हुने देखिएको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशमा अन्यको तुलनामा वढी वर्षाको सम्भावना छ । 

नेपालमा सबैतिर मनसुनको प्रभाव परे लगत्तैबाट ज्यान र धनको क्षति ुन थालेको छ । कम्तीमा ३० जनाले मनसुनजन्य विपतका कारण ज्यान गुमाइसक्दा देशभर वाढी र पहिरोको कहर आजपनि जारी रहने विभागको भनाइ छ । 

विभागका अनुसार आज पनि कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणदेखि भीषणसम्म वर्षा हुने विभागको भनाइ छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ०.२ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै जिरीमा ५१ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update