Odapalika - The Fourth Estate - चौथो अंग
बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी 

काठमाडौँ । तनहुँकोे बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिने भएको छ । बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन पालिकाले पहल थालेको छ ।

बन्दीपुर गाउँपालिकाको नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाल संरक्षित क्षेत्रको कार्यक्रम अघि सारेका हुन् । 

बन्दीपुरमा आउने पर्यटकको लगत राख्न र घरबास (होमस्टे) होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गरिने, घरबासको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गरी घरबास सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायत पर्यटकीयस्थलको संरक्षण, सवद्र्धन र प्रवद्र्धन गरिने अध्यक्ष थापाले बताए ।

स्थानीय उत्पादनको पहिचान गर्ने र बजार सम्भाव्यता अध्ययन गरी उक्त उत्पादनको ब्रान्डिङ गरिने, पालिकाले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादन गरेका हस्तकलासम्बन्धी सामानको कोसेली घरमार्फत बिक्रीवितरण गरिने थापा बताउँछन् ।

बन्दीपुर गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यमा क्रमशः खुला व्यायामशाला विस्तार गर्दै लगिने, पर्यटकीय क्षेत्रमा रहेका प्राकृतिक शिलालाई थप आकर्षक बनाइने, बन्दीपुरका २५ पोखरी तालपार्कको निर्माण यसैवर्ष सुरुआत गरिने जनाइएको छ । 

साथै बृहत् झप्रीफाँट जलाशय र देवीथुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन गरी अगाडि बढाइने, पर्यटन पूर्वाधार विकास गरी बन्दीपुरको हरेक गाउँ पर्यटकीय ठाउँकारुपमा प्रवद्र्धन गरिने भएको छ ।

बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै हस्तकलासम्बन्धी सामग्री, टुरिस्टगाइड हस्पिटालिटी तालिम, होमस्टे तालिम, रैथाने बाली परिकारलगायतका सीपमूलक तालिम सञ्चालन गरी कोसेली घरलाई थप प्रभावकारी बनाइने थापाले बताए ।

बन्दीपुरको पर्यटनलाई थप उचाइ प्रदान गर्न देशका ठूला सहर काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनीलगायतका स्थानमा ‘घुम्न जाउँ है बन्दीपुर’ अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update