Odapalika - The Fourth Estate - चौथो अंग
सहकारीमा पुग्यो अनुदानको ४ लाख मेट्रिक टन रासायनिक मल, अनियमितता हेर्ने जिम्मा स्थानीय सरकारलाई 

काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालयले संघीय सरकारले अनुदानमा उपलव्ध गराएको ४ लाख मेट्रिक टन मल स्थानीय सहकारी मार्फत वितरणको व्यवस्था मिलाइएको बताएको छ । 

धान रोप्ने सिजनमा कृषकहरुले पार्याप्त मल नपाएको गुनासो गरिरहेका बेला मन्त्रालयले सरकारले अनुदानमा दिने ६ लाख मध्ये ४ लाख मेट्रिक टन रासायनिक मल उपलव्ध भइसकेको जनाएको हो । 

मन्त्रालयले कृषकहरुले समयमा मल नपाएको गुनासो गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मल वितरण गर्ने जिम्मा पाएका सहकारीहरुको अनुगमन गर्न स्थानीय तहहरुलाई भनेको हो । 

सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमार्फत आयात गरेर सहकारीहरुमार्फत वितरणको व्यवस्था मिलाएको कृषि मन्त्रालयले जनाएको छ । 

कृषि मन्त्रीले ७ असारमा मल वितरणमा भइरहेको अनयिमितता हेर्न स्थानीय तहहरुलाई जिम्मा दिने निर्णय गरेका थिए । मन्त्रालयले सो निर्णय कार्यान्वयनका लागि आज देशभरका स्थानीय तहहरुलाई पत्राचार गरेको जनाएको छ ।

कृषि मन्त्रालयका सचिव दिपक कुमार खरालका अनुसार अनुदानमा दिने भनिएको २ मेट्रिक टन मल पनि आयातको चरणमा रहेकाले चाँडै उपलव्ध हुनेछ । उनकाअनुसार यसवर्ष मलको अभाव नहुने गरी काम अघि बढेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update