Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः ३ प्रदेशमा हावाहुरी, अन्यत्र सामान्य

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमलगायत अन्य प्रदेशमा सामान्य बदली रहेको छ भने गण्डकी, बागमती र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरू र अन्यभूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

साथै गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने हुदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update